मुख्य-1 राष्ट्रिय

महोत्तरीमा अढाईसय रुपैयाँको लागि गयो महिलाको ज्यान

शैलेन्द्र क्रान्ति- जनकपुरधाम, असार ३१ गते । महोत्तरीमा अढाई सय रुपैयाँको ताकेता गर्न गएकी महिलाको ज्यान गएको छ । महोत्तरी सम्सी गाउपालिका १ की ३५ वर्षीया रीना देवी चौधरीको छिमेकसंको विवादमा कुटपीट हुँदा ज्यान गएको हो । गत असार २० गते रीनादेवीले छिमेक राजेश ठाकुरसंग दुधको बाँकी २ सय ५० रुपैयाँ माग्न जाँदा विवाद भएको […]

मुख्य-1 राजनीति

प्रदेश २ को आर्थिक विनियोजन विधेयक सर्वसम्मतिले पारित

टुडेपाटी समाचारदाता- जनकपुरधाम, असार ३१ गते । प्रदेश नं. २ को प्रदेश सभामा प्रस्तुत आर्थिक विनियोजन विधेयक २०७६÷७७ सर्वसम्मतिले पारित भएको छ । सरकारले प्रस्तुत गरेको विधेयक उपर प्रदेश सभा सदस्यहरुले उठाउनु भएको सवालमा मुख्यमन्त्री लालबाबु राउत सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले मंगलबार जवाफ दिएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रस्तुत विधेयक उपर नेपाली काँग्रेसका […]

मुख्य-1 राजनीति

प्रदेशसभा सचिवालयको बेथिति काम शुरु, गोप्य रुपमा ६० लाखको ठेक्का

रोहित महतो –जनकपुरधाम, असार ३१ गते । ‘छोरो पाउनु कहिले कहिले कन्नानी बाट्नु अहिले’ भन्ने पुरानो नेपाली उखान प्रदेश नम्बर २ को प्रदेश सभा सचिबालयमा चरितार्थ भएको छ । प्रदेश २ को प्रदेशसभा सचिवालयले टेण्डर आह्वान गर्नुपुर्व नै निर्माण कार्य शुरु गरेको थाहा पाएपछि स्थानीयसमेत चकित भएका छन् । कमिशनका लागि आफ्ना निकटका व्यवसायीलाई निर्माण […]

मुख्य-1 राजनीति

निर्वाचित क्षेत्रमै उपेन्द्र यादवको पुत्ला जलाइयो

सप्तरी, असार ३० गते । सप्तरीमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ । संघीय सरकारका उपप्रधानमन्त्री एवं स्वास्थय मन्त्री समेत रहेका यादवले बाढी पहिरोको बेला सहयोग नगरको भन्दै उनी निर्वाचित भएकै क्षेत्रका जनताले उनको पुत्ला जलाएका हुन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको […]

मुख्य-1 राष्ट्रिय

बाढी र डुबानबाट रौतहटमा ५ जनाको ज्यान गयो

रौतहट, असार ३० गते । लागातार परेको पानीपछि बाढी र डुबानबाट रौतहटमा ५ जनाको मृत्यु भएको छ । यस्तै एकजना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार बाढी र डुवानमा परी दर्जन बढी घाइते भएको डिएपी कार्कीले बताए । अविरल वर्षाका कारण डुबेको जिल्ला सदरमुकाम गौरको […]

मुख्य-1 राष्ट्रिय

रौतहटको जनजीवन अस्तव्यस्त

रौतहट, असार २९ गते । चार दिनदेखि लगातार परेको पानीका कारण आएको बाढीले रौतहट बेहाल बनेको छ । जिल्लाका अधिकांश भाग जलमग्न हुँदा अकल्पनीय क्षति पुगेको छ । रौतहटको पूर्वीक्षेत्रमा रहेको बागमती र पश्चिमी क्षेत्रमा रहेको लालबकैया नदीको बाढीले तटबन्ध भत्काएपछि जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । लालबकैया नदीको ११ स्थानमा तटबन्ध भत्केको छ । […]

मुख्य-1 राष्ट्रिय

सप्तरीमा बाढीको कहर : एक हजार भन्दा बढी घर डुबानमा

शुभ नारायण यादव- सप्तरी ,असार २८ गते । लगातारको अबिरल वर्षाका कारण सप्तरीका एक हजार भन्दा बढी घर डुबानमा परेका छन भने् जिल्लाका १८ वटै स्थानीय तहका अधिकांस घर समेत डुबानमा परेका हुन् । बिभिन्न नदी र खोलामा आएको बाढीका कारण सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाको अन्य स्थानका करिब एक हजार भन्दा बढी घर डुबानमा […]

मुख्य-1 राष्ट्रिय

धनुषामा निर्माणाधिन पुल भत्कियो

टुडेपाटी समाचारदाता- धनुषा, असार २८ गते । धनुषाको सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलामा निर्माणाधिन पुल भत्किएको छ । रोशन कन्ट्रक्सनले झण्डै ६ वर्षदेखि निर्माण गर्दै आएको पुल अझैसम्म अधुरो अवस्थामा थियो । अविरल वर्षासंगै आएको बाढीले उक्त निर्माणाधिन पुल शुक्रबार राति भत्केको राजपा नेपालका स्थानीय युवा नेता अजयकुमार राउतले जानकारी दिनुभयो । गुणस्तरहीन […]

मुख्य-1 राष्ट्रिय

सप्तकोशी र कमला नदीमा बाढीले बहाब उच्च, सतर्क रहन आग्रह

काठमाडौं, असार २८ गते । सप्तकोशी र कमला नदीमा बाढीले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले चतरामा सप्तकोशी नदीले शनिबार बिहान सतर्कता तह पार गरेको जानकारी दिएको छ । साथै नदीमा पानीको बहाव अझै बढ्दै गएकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा शनिबार बेलुकीसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ […]

मुख्य-1 राष्ट्रिय

मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने अस्थायी शिक्षकहरुको चेतावनी

दिपक कर्ण–जनकपुरधाम,अषाढ २७ गते । विगत एक हप्ताभन्दा बढि समयदेखि धर्नामा बसेका अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले अब आफुहरुको माग पुरा नभए मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन । अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै उनीहरु अषाढ १९ गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय […]