ब्रेकिङ्ग राष्ट्रिय

एकैपटक २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या

पाँचथर, जेठ ७ गते । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै […]

ब्रेकिङ्ग राष्ट्रिय

प्रदेश २ पत्रकारद्वारा प्रदेशसभा कार्यालय घेराउ

किरण कर्ण- जनकपुरधाम, जेठ ६ गते । प्रदेश २ सरकारले प्रदेशसभामा दर्ता गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा अलगै देशको परिकल्पना गरेको तथा प्रेस स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेपसहित अंकुश लगाउने काम गरिएको भन्दै सो प्रावधान खारेजीको माग गरिएको छ । आज नेपाल पत्रकार महासंघ प्रदेश समितिले सो विधेयकमाथि आपति जनाउँदै प्रदेशसभा घेराउ समेत […]

ब्रेकिङ्ग राजनीति

धनुषाको कमला नगरपालिकाकी उपमेयरले दिइन् राजिनामाको चेतावनी

दिपक कर्ण– जनकपुरधाम,जेठ ०६ गते । धनुषा जिल्लाको कमला नगरपालिकाका मेयर रामउदगार गोईतले कामै नगरी कागजको भरमा करोडौं रुपैयाँ अनियमितता गरेको उपमेयरले आरोप लगाएकी छन । मेयर गोईतले नगरपालिकका लागि २२ वटा मोटरसाईकल र आफु र प्रशासकीय अधिकृत उमेश यादवका लागि २ वटा चारचक्का खरिद गरेपछि उपमेयर शिलादेवी मण्डलले विरोध गरेकी हुन । उनले सोमबार […]

ब्रेकिङ्ग राजनीति

आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्छ : मुख्यमन्त्री राउत

टुडेपाटी समाचारदाता-जनकपुरधाम, जेठ ५ गते । मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरुलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्ने बताउनु भएको छ । एनआइसी एसिया बैंकको जनकपुर स्थित पिराडी चौक शाखाको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले बैंकहरुले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिनु भएको छ ।अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको […]

ब्रेकिङ्ग राष्ट्रिय

पर्सामा कार्यरत नेपाली सेनाका एक जवानको ज्यान गयो

पर्सा, जेठ ५ गते । पर्सामा कार्यरत नेपाली सेनाका एक जवानको ज्यान गएको छ । ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लाने क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुने पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत वर्षीय २८ देवीराम जैसी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक […]

ब्रेकिङ्ग राजनीति

जनप्रतिनिधिहरु छोटे राजा बन्न खोजेका छन् : सिके राउत

दीपक कर्ण–जनकपुरधाम,जेठ ०४ गते । जनमत पार्टीका अध्यक्ष सिके राउतले अहिलेका जनप्रतिनिधिहरु छोटे राजा बनेको दाबी गरेका छन । बुद्ध जयन्तीको अवसर पारेर शनिबार जनकपुरमा आयोजित राजनैतिक तथा सामाजिक परिवर्तनमा युवा एवं विद्यार्थी नेतृत्वको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राउतले यस्तो बताएका हुन । राउतले जनप्रतिनिधिहरु शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको […]

ब्रेकिङ्ग राष्ट्रिय

जनकपुरमा वडाध्यक्षले व्यपारी कुटेपछि व्यवसायीहरु आन्दोलित

टुडेपाटी समाचारदाता- जनकपुरधाम, जेठ ४ गते । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरकै सामुने एकजना वडाअध्यक्षले व्यापारीलाई कुटपिट गरेका छन । शुक्रबार उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रको सामु वडा नम्बर–७ का वडाअध्यक्ष जानकी राम साहले जनक चोक र शिव चोकको बीचमा रहेको ग्रीन टेलर्सका सञ्चालक मो.असलमलाई हातपात गरेको स्थानीय व्यवसायीले बताएका छन । फोहोरको विषयमा विवाद हुँदा वडाअध्यक्ष […]

ब्रेकिङ्ग राजनीति

प्रदेश २ सरकार पत्रकारलाई १ करोड जरिवाना गर्ने प्रस्तावबाट पछि हट्यो

जनकपुरधाम, जेठ ३ गते । प्रदेश २ सरकार पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने प्रस्तावबाट पछि हटेको छ । बिहीबार प्रदेशसभामा दर्ता भएको सञ्चारसम्बन्धी विधेयकमा प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतामा आँच आउने विषय प्रकासन तथा प्रशारण गरेमा ५० लाखदेखि एक करोडसम्म जरिवाना गर्ने व्यवस्था थियो, जसको चौतर्फी विरोध भएको छ । तर, विधेयक दर्ताकर्ता प्रदेशका […]

ब्रेकिङ्ग राजनीति

पत्रकारप्रति प्रदेश २ सरकार झनै कठोर, पत्रकारलाई १ करोडसम्म जरिवाना गर्ने कानुन बनाउँदै

शैलेन्द्र क्रान्ति- जनकपुरधाम, जेठ २ गते । पत्रकारप्रति प्रदेश २ सरकार झनै कठोर बन्न थालेको छ । पछिल्लो समय मुख्यमन्त्रीदेखि मन्त्रीहरुको गलत गतिविधिको पत्रकारले संचार माध्यमा मार्फत जनता माझ भण्डाफोर गर्न थालेपछि प्रदेश सरकार जाइलागेको हो । त्यसैले प्रदेश २ सरकारले पत्रकारलाई तह लगाउन १ करोडसम्म जरिवाना गर्ने कानुन बनाउन थालेको छ । केन्द्र सरकारले […]

ब्रेकिङ्ग राजनीति

प्रदेश २ : संस्था दर्ता र बालबालिका सम्बन्धी विधेयक सदनमा पेश

टुडेपाटी समाचारदाता- जनकपुरधाम, जेठ २ गते । प्रदेश २ को प्रदेसभा बैठकमा दुईवटा विधेयक पेश भएको छ । बिहीबार बसेका दिउँसो बसेको बैठकमा संस्था दर्ता सम्बन्धमा बनेको विधेयक २०७५ र बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश भएको हो । संस्था दर्ता सम्बन्धी विधेयक आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र बालबालिका सम्बन्धी […]