TodayPati

सप्तरीमा कोरोना संदिग्ध ३ र पर्सामा १ कोरोना संक्रमितको मृत्यु

टुडेपाटी

जनकपुरधाम, साउन २१ गते ।

सप्तरीमा कोरोना शंकास्पद तीनजनाको मृत्यु भएको छ । सप्तरीको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार गराइरहेका दुईजना र उपचारका लागि धरान लैजाँदै गरिरएका एकजनाको मंगलबार मृत्यु भएको हो ।

Sponsored

कोरोनाको लक्षण देखिएका सप्तरीको राजगढा गाउँपालिकाका ७१ वर्षीय र डक्नेश्वरी नगरपालिका ९ का७४ वर्षीय वृद्धको उपचाको क्रममा अस्पतालमा र रुपनी गाउँपालिका ५ घढियाका ४५ वर्षीय पुरुषलाई उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका स्वास्थ्य कार्यालय प्रमुख दुनियालल यादवले जानकारी दिए ।

उनका अनुसार छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएका दुवैजना दीर्घ रोगी रहेको र श्वास फेर्न गाह्रो भएपछि दुबैजनालाई अस्पताल भर्ना गरिएको थियो ।
मृत्यु भएका रुपनी गाउँपालिका ४५ वर्षीय पुरुष १५ दिन अघि मलेसियाबाट फर्केर होम क्वारेन्टाइनमा बसिरहेका थिए । एक्कासी ज्वरो र श्वास फेर्न गह्रो भएपछि मंगलबार राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा उपचार सम्भव नभएपछि धरान स्थित विपी कोइराला विज्ञान प्रष्ठिान धाराना लग्दै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए ।
तीनैजनामा कोरोनाको लक्षण देखिएर मृत्यु भएकाले स्वाब परिक्षण पश्चात मात्र शव व्यवस्थापन गर्ने उनले बताए । स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार कोरोना परिक्षण गर्न तीनैजना मृतकको बुधबार स्वाब संकलन गरिएको छ ।

पर्सामा कोरोनाबाट थप १ को मृत्यु

Sponsored

पर्सामा बुधबार कोरोनाकाबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरापलिका–१५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे मृत्यु भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मदन उपाध्यायका अनुसार मधुमेहका रोगी रहेको ती पुरषलाई पछिल्लो समय ज्वरो र खोकी देखिएपछि गएको साउन १८ गते स्वाब संकलन गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई मंगलबार वीरगन्ज अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थिाये ।

उनको स्वाब रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइसोलेसनमा उपचारकै क्रममा बुधबार मृत्यु भएको मेसु उपाध्यायले जानकारी बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *