TodayPati

वीरगञ्जमा कोरोनाबाट थप एकजनाको मृत्यु

टुडेपाटी-
वीरगञ्ज, साउन २२ गते ।

कोरोनाबाट वीरगञ्जमा थप एक जनाको मृत्युभ एको छ । ज्वरो र श्वासप्रश्वासमा समस्यादेखिएपछि मंगलबार अस्तपाल भर्ना भएका ६५ वर्षीय पुरुषको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मुटु तथा मधुमेहका बिरामी समेत रहेका उनको बिहीबार बिहान गण्डक अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा मृत्यु भएपछि स्वाब परिक्षण गर्दा ती मृतक पुरुषमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

Sponsored

सुरूमा आकस्मिक कक्षमा उपचार गरिए पनि बुधबार राति उनलाई अक्सिजनको कमी भएपछि भेन्टिलेटरमा राखिएको थियो । उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको थियो । उनी वीरगन्ज बजारमै पसल गर्दै आएका थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *