TodayPati

जनकपुरको नवजीवन हस्पिटलको लापरवाहीले महिलाको मृत्यु, प्रहरीको लाठी चार्जबाट आधादर्जन घाइते

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, साउन २९ गते ।

जनकपुरको नवजीवन हस्पिटलको लापरवाहीले एक बिरामी महिलाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका १ धर्मवाण टोलकी ३५ वर्षीय रुकमणि देवी सदाको मृत्यु भएको हो ।

पेट फुल्ने, दुख्ने तथा भोमिट हुने जस्ता समस्याको कारण रुकमणि जनकपुरधाम उपमहानगरपालिका ९ ब्रह्मपुरी स्थित नवजीवन हस्पिटलमा भर्ना भएकी थिइन् । उनको चारदिन भर्ना भएर उपचार गराउँदा समेत कुनै सुधार नभएपछि बुधबार पेटको शल्यक्रिया गरेको थियो । शल्यक्रिया पश्चात २४ घण्टा नबित्दै बिहीबार साँझ ५ बजे बिरामीको मृत्यु भएको हो ।

Sponsored

अस्पतालकै लापरवाहीले रुकमणिको मृत्यु भएको भन्दै आफन्तजन र स्थानीयले हस्पतालमाथि ढुंगामुढा गर्ने प्रयास गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट मृतक रुकमणिका छोरा रमानन्द सदासहित आधादर्जन बढी घाइते भएका छन् ।

अहिले अस्पताल अगाडी तनाब बढेको छ । प्रहरीले उल्टै पीडित पक्षमाथि लाठीचार्ज गरेर अन्याय गरेको स्थानीय लभ यादवले गुनासो गरे ।

अस्पतालकै चरम लापरबाहीले मृत्यु भएको मृतक रुकमणिकी भाई इन्दल सदाले बताए । ‘मेरो दिदीलाई पित थैलीमा पत्थरीको समस्या थियो । समान्य हुनुहुन्थ्यो । उपचार गराउन आउँदा यहाँ उपचार सम्भव छैन । बाहिर लग्नुस् भन्दा पनि हुन्थ्यो । तर अस्पतालले यहि ठीक हुन्छ भन्यो । चारदिनमा ठीक नहुँदा बाहिर लग्नुस् भन्दा पनि भनेन । अप्रेशन गर्नुपर्छ भन्यो । अप्रेशन गर्ने बितिकै यहाँ बाट बाहिर लग्न भन्यो । त्यतिबेला हामी कहाँ लग्थ्यो,’ भाई इन्दलले भने ‘अस्पतालको लापरबाहीले पेटको कुनै नशा काटिएपछि मेरो दिदीको मृत्यु भएको हो ।’

Sponsored

भाई इन्दलले उपचारमा लापरबाही गरी दिदीको ज्यान लिने अस्पतालमाथि काडा कारबाही हुनुपर्ने र क्षतिपुर्ति पाउनु पर्ने माग गरे । उनले उल्टै प्रहरी प्रशासनले नै आफुहरुलाई कुटपिट गरी घाइते बनाएकोप्रति दुखेसो पोखे ।

यता अस्पताल पक्षले उपचारमा कुनै लापरबाही नभएको दावी गरेको छ । अस्पताल प्रशासनका अखिलेश साहले सुरुमा पेटको समस्या लिएर आएपछि ठीक हुन्छ भन्ने किसीमकै रोगको प्रकृति हेर्दा भर्ना लिएको बताए । ‘बिरामीको अवस्था गम्भीर भएपछि परिवारजनलाई हामीले अप्रेशन गर्नुपने सल्लाह दियौं । तर अवस्थ खराब छ भन्ने कुरा पनि हामीले परिवारजनलाई भनेका थियौं’ उनले भने ‘अप्रेशन गर्दा पेटमा आँत अझरिएको थियो । तीनघण्टा लगाएर अप्रेशन गर्यो । बिहान अवस्था सुधार आएको थियो । तर अन्तमा मृत्यु भयो । उनको समस्या गम्भीर थियो । अप्रेशन नगर्दा पनि बिरामीको सम्भावना सम्भावना बढी थियो ।’

पछिल्लो समय जनकपुरको हस्पिटलहरुमा चरम लापरबाहीको घटनाहरु भइरहेको छ । गएको शुक्रबार मात्रै जनकपुरको रामजानकी हस्पिटलमा फरक समुहको रगत चढाउँदा सत्केरीको अकालमै मृत्यु भएको थियो । महोत्तरीको गौशाला नगरपालिका भरतपुरकी २३ वर्षीय गंगादेवी महतोको मृत्यु भएको थियो ।

अवश्यक मापदण्डसमेत पुरा नगरी पैसा र पहुँचको आडमा हस्पिटल खोलेर चर्को शुल्क लिने र उपचार गर्न समेत नसक्ने बिरामीलाई राखेर उपचार गराउने तथा अन्तिम अवस्थामा रेफर अथवा लापरबावही गरी ज्यान लिने जस्ता घटनाहरु जनकपुरमा भइरहेको छ । तर प्रशासनले कारबही गर्नुको साटो उल्टै कमिसनको आडमा मापदण्ड विपरीत तथा गम्भीर लापरबाही गर्ने हस्पिटलहरुलाई समेत संरक्षण दिने गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *