TodayPati

सिरहामा स्थानीयको कुटाइबाट घाइते महिलाको मृत्यु, ४ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, भदौ ३ गते ।

सिरहामा बाटोको विषयलाई लिएर विवाद हुँदा कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

मंगलबार राति करिब साढे १० बजे बाटोको विषयलाई स्थानीयबीच आपसमा झै-झगडा तथा कुटपिट हुँदा गम्भीर घाइते भएकी अर्नमा गाउँपालिका–५ कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनालगतै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपमा २ महिलासहित ४ जनालाई नियन्त्रणम लिएको छ ।

पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लिला देवी राउत र २२ वर्षीया सुलेखा राउत रहेको डिएसपी विनोद घिमिरेले बताए । यस घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *