TodayPati

महोत्तरीमा फेरि सर्पको टोकाइबाट एकजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।

महोत्तरीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान आफ्नै घरको पसलमा गोमन सर्पले हात्केलामा टोकेपछि महोत्तरीको
बर्दिबास नगरपालिका–९ का ५० वर्षीय फौदार महतोको मृत्यु भएको हो ।

स्थानीय सुरेन्द्र महतोको अनुसार पसलमा रहेको फ्रिजमुनि सफा गर्ने क्रममा महतोलाई सर्पले टोकेको हो । सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बर्दिबास पुर्याइएको र त्यहाँ भर्ना लिन नमानेपछि सिरहको बन्दीपुरमा रहेको सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो । उनको त्यहीं उपचारको क्रममा मृत्यु भएको परिवारजनले बताए ।

Sponsored

बर्खा याममा यस क्षेत्रमा विषालु सर्पको बिगबिगी हुने गर्दछ । गत साउन मात्रै सर्पदंश उपचार केन्द्र बर्दिवासमा ४० सर्पदंशका घटना देखिएका हुन् ।

सर्पको टोकाइबाट केही दिनअघि मात्रै भंगहा नगरपालिका–५ राजपुरका दुई जनाको मृत्य भएको थियो । महोत्तरीको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने गरेका छन् । तर, यी क्षेत्रमा रहेका उपचार केन्द्रमा भेन्टिलेटर अभाव, दक्ष जनशक्ति अभाव रहेकाले सुविधा सम्पन्न स्थानमा लाँदालाँदै बिरामीको मृत्यु हुने गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *