TodayPati

हिन्दु–मुस्लिम बीच साम्प्रदायिक द्धन्द फैलाउन पुजारीको हत्या, नेकपा नेता प्रभु साहको ५ बुँदे माग

टुडेपाटी

रौतहट, भदौ ९ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रभु साहले रौतहटको माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हिन्दु–मुस्लिम बीच साम्प्रदायिक द्धन्द फैलाउन हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।

Sponsored

प्रहरीद्वारा थालिएको घटनाको प्रारम्भिक अनुसन्धानमा तालिमप्राप्त कुकुरको मद्दतले सुरु गरिएको अनुसन्धानबाट साम्प्रदायिक द्वन्द्व सृजना गर्ने उद्देश्यले राजनीतिक समुहबाट यस्तो भएको हुनसक्ने उनले आशंका व्यक्त गरेका हुन् ।

नेता साहले पुजारीको हत्याकाण्डबारे पाँच बुँदे माग समेत अघि सारेका छन्।

भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी साहको हत्या भएको थियो। यस अघि नै घटनाप्रति गृह प्रशासनको ध्यानाकर्षण गराएका नेता साहले सोमबार थप पाँच बुँदे स्पष्ट माग राखेका हुन्।

Sponsored

नेता साहले पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण सुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजारमा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग राखेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *