TodayPati

पर्सामा निषेधाज्ञामा पनि पसल खोलेर कालोबजारी गर्ने तीन पसल कारबाहीमा

टुडेपाटी-
पर्सा, भदौ १० गते ।

पर्सामा निषेधाज्ञाको बेला पनि पसल खोल्ने र चर्काे मूलमा सामान बिक्रवितरण गर्ने तीन वटा पसललाई कारबाही गरिएको छ ।

निषेधाज्ञामा दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि गरी बिक्रीवितरण गरिरहेका माईस्थान वीरगन्जका चन्द्रकिशोर ट्रेडर्स, शिव देवी ट्रेडर्स र मा जगदम्बा फ्रुट सेन्टरमाथि कारबाही गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले जानकारी दिए ।

Sponsored

उनले भने विभिन्न तरकारी तथा फलफूल पसलमा अनुगमन गर्दा मूल्यसूची नराखेको तथा खरिदबिक्री बिल उपलब्ध गराउन नसकेको पाइएपछि कारबाही गरिएको हो । चन्द्रकिशोर ट्रेडर्स र शिवदेवी ट्रेडर्सलाई २०÷२० हजार र मा जगदम्बा फ्रुट सेन्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नारायण आचार्यले बताए ।

उपभोक्ताको गुनासोका आधारमा बुधबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त अनुगमन टोलीले बजार अनुमगन गरेको थियो ।

पर्सामा साउन १० गतेदेखि जारी निषेधाज्ञाको एक महिना पुगेपछि पहिलोपटक बजार अनुगमन गरिएको बताइएको छ ।

Sponsored

यसलाई निरन्तरता दिइने अनुगमन टोलीका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *