TodayPati

देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५ पुगे

टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते

कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा नेपालमा अहिलेसम्मकै धेरैको निधन भएको छ । शुक्रबार नेपालमा एकै दिन १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

देशका विभिन्न जिल्लामा ४ महिला र ८ पुरुष गरी १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

Sponsored

उनका अनुसार मोरङका ५६ र ६५, भक्तपुरका ६४ र मकवानपुरका ७१ वर्षीया महिलाको कोरोना संक्रमण मृत्यु भएको छ । त्यस्तै, उदयपुरका ५२, पर्साका ७२, धनुषाका ४५ सिराहाका ५५, झापाका ८३, चितवनका ५१, कास्कीका ५२ र रुपन्देहीका ६० वर्षीय पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १९५ पुगेको छ । कुल संक्रमितमध्ये ०.५३ प्रतिशत संक्रमितको निधन भएको तथ्यांक मन्त्रालयसँग छ ।

आज उपत्यकामा ४१५ जनासहित देशभर थप ९२७ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३६ हजार ४५६  पुगेको छ । यसमध्ये २० हजार ३४३ जना निको भएका छन् भने १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *