TodayPati

आइपिएल खेल्न युएइ पुगेका १० जना भारतीय खेलाडीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी

काठमाडौँ, भदौ १३ गते ।

१० जना भारतीय क्रिकेट खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्नका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका १० भारतीय खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

Sponsored

बिहीबार चेन्नईका सदस्यले गराएको परिक्षणमा एक खेलाडी र १० जना टोली सदस्यमा कोरोना संक्रमण देखिएको हो । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंग्स्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको हो ।

अब सबै सदस्यको नतिजा नेगेटिभ नआउँदासम्म टोली प्रशिक्षणमा सहभागी हुन पाउने छैन । शुक्रबार पनि टोलीका सबै सदस्यको कोरोना परिक्षण गरिएको छ ।

कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एक दिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् । कोरोना पोजिटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन् । चेन्नइको टोली २१ अगष्टमा यूएई पुगेको थियो ।

Sponsored

चेन्नईका कति सदस्यलाई संक्रमण देखिएको भन्ने पुष्टि भएको छैन । अन्य केही टोलीले यूएई पुगेर प्रशिक्षण सुरु गरिसकेका छन् । चेन्नईको पनि प्रशिक्षण सुरु गर्न लाग्दा खेलाडीहरुमा संक्रमण देखिएपछि एक साताका लागि क्वारेन्टिइनमा पठाइएको छ ।

सेप्टेम्बर १९ बाट आइपीएल शुरु हुने भनिए पनि अहिलेसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डले तालिका सार्वजनिक गरेको छैन । सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *