TodayPati

कोरोना महामारीबीच जनकपुरमा नि:शुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम

टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।

जनकपुरमा स्कुल अफ डेमोक्रेसी कोभिड १९ क्विक रेस्पोन्स टिमले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

स्कुल अफ डेमोक्रेसीले कोरोना महामारीको समयमा अन्य बिरामीको उपचार प्रभावित भएको हुँदा जनकपुरधाम उपमहानगरपालिका-१ धर्मवान टोलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको जनाइएको छ ।

Sponsored

शनिबार वडा नम्बर १ मा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा १ सय ४७ जना विरामीले उपचार गराएको स्कुल अफ डेमोक्रेसीका सदस्य राकेश बिक्रम साहले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीहरुले उपचार सेवा पाएका थिए । यसका साथै बिरामीहरुलाई चेकजाँच गरेर निःशुल्क रुपमै औषधि समेत उपलब्ध गराइएको बताइएको छ । निःशुल्क स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउन सोही स्थानमा ल्याबको समेत व्यवस्था गरिएको थियो ।

डेमोक्रेसीका साहले भने, ‘यो अभियान प्रत्येक साता शनिबार निरन्तर चलिरहने छ,  अलग अलग वडामा प्रत्येक साता निःशुल्क स्वास्थ्य शिविरको आयोजना समेत गरिने भएको छ ।’

Sponsored

निःशुल्क स्वास्थ्य शिविरमा डाक्टर शरद यादव, बिपिन यादव, अभिजित साह, दात मुख विशेषज्ञ डाक्टर सज्जन ठाकुर, गाइनोका डाक्टर मनिषा भारद्वाज, अर्थोका डाक्टर डाक्टर कुमार सम्भव, अमित रन्जन मिश्रा, साइक्याट्रिक रबिन झाले सो शिविरमा सेवा दिएका थिए ।

त्यस्तै, बाल रोग विशेषज्ञ विकास कुमार साह, नाक कान घाँटी विशेषज्ञ सन्तोष साह, सर्जन विजय कुमार साह, फिजियोथेरेपिष्ट राजु साह लगायतका डाक्टरले नि:शुल्क आयोजना गरिएको स्वास्थ्य शिविरमा सेवा प्रदान गरेका थिए ।

कोरोना महामारीमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम

कोरोना महामारीबीच जनकपुरमा रगत अभाव हुन नदिने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

महामारीको समयमा रेडक्रसमासमेत रगतको अभाव हुन थालेपछि सोही अभावलाई ख्याल गर्दै  जनकपुरधाम उपमहानगरपालिका-७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेको वडा ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए । रक्तदाताहरुबाट संकलन गरिएको रगत रेडक्रसलाई जिम्मा लगाइएको साहले बताए ।

अभियानमा धनुषाका जनकपुर युवा बिकास समिति नामक चर्चित संस्थासहित अन्य विभिन्न १४ वटा संघ संस्थाले सहयोग समेत गरेका छन् । अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल चैम्बर अफ कमर्स प्रदेश २ का संयोजक पवन ठाकुरले वडा नम्बर ७ लाई २१ हजार, समाजसेवी एवं जनकपुरधामस्थित स्वर्गद्वारीका निर्माता पवन सिंघानियाले ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *