TodayPati

महोत्तरीमा लकडाउन अवधिमा मात्र २० जनाभन्दा बढीले गरे आत्महत्या

टुडेपाटी-
जनकपुरधाम, भदौ २१ गते ।

कोरोना महामारीले मानिस स्वास्थ्य, देशको अर्थतन्त्रमा मात्र नभई समाजमा अपराध पनि उतिकै बढाएको छ । यस्तै समाजमा अपराध बढाएको घटना हो महोत्तरी जिल्लामा ।

शनिबार मात्र महोत्तरीमा तीनजनाले आत्महत्या गरेका छन् ।

Sponsored

महोत्तरीको एकडारा गाउँपालिकाका १५ वर्षका किशोर, गौशाला नगरापालिकाका ३६ वर्षीय युवक र भंगहा नगरपालिकाका ६५ वर्षका वृद्धसहित तीनजनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

डीएसपी विष्टका अनुसार महोत्तरीको एकडारा गाउँपालिका ४ हल्खोरीका १५ वर्षीय रजनिस कुमार यादवले आफ्नै घरको धुरीमा प्लाष्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका छन् भने गौशाला नगरपालिका ८ का ३६ वर्षीय मनोज महतो सुडीले घरदेखि १ सय ५० मिटर उत्तर पश्चिम वडा नं. ४ स्थित रहेको पानी ट्याङ्कि नजिक आँपको रुखमा पाईन्टको पासो लगाएर आत्महत्या गरेका छन्

त्यस्तै, जिल्लाकै भंगहा नगरपालिका ७ मेघरौलका ६५ वर्षीय गणेशी ठाकुरले समेत आँपको रुखमा धोतीको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको डीएसपी विष्टले बताए ।

Sponsored

मृतक तीनैजनाको शनिबार नै शवको पोष्टमार्टम गरेर परिवारजनलाई बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

चैत ११ गते यता लकडाउन तथा निषेधाज्ञाको अवधिमा मात्र महोत्तरीमा २० जनाभन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन् । जसमध्ये एकजना कोरोना संक्रमितले समेत आत्महत्या गरिसकेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *