TodayPati

नेपालमा १ हजार ४५४ जनामा कोरोना संक्रमण, अहिलेसम्मकै धेरै

टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते ।

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २९१ जना र होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् ।

Sponsored

पछिल्लो २४ घण्टामा १० हजार ७०१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । हालसम्म नेपालमा ८ लाख २१ हजार १८६ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोनामुक्त भएर डिस्चार्ज हुने संख्या ३६ हजार ६७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ३२२ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *