मुख्य-2 विविध समाज

जनकपुरमा साहित्य कला तथा अन्तराष्ट्रिय नाटक महोत्सव हुने

दीपक कर्ण-
जनकपुरधाम, फागुन १३ गते ।

मैथिली कला संस्कृति, भाषा एवं साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुर साहित्य कला तथा अन्तराष्ट्रिय नाटक महोत्सव हुने भएको छ । मैथिली विकास कोषको आयोजनामा आगामी फागुन १८ गतेदेखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।

मैथिली विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी ६ दीवसय हुन लागेको महोत्सवमा साहित्य, समाज, अर्थ, राजनीति, कला, सँस्कृति विषयमे बहस विमर्श तथा आधुनिक एवं लोककला प्रर्दशन, मिथिला चित्रकला, सिक्की बाँस आदिको कलात्मक प्रदर्शन र अन्य महत्वपूर्ण वैचारिक विमर्श हुने जनाएको छ ।

यस्तै यस महोत्सवमा मैथिली नाट्य प्रर्दशन, रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम लोककला, ललितकला, मिथिलाको भोजन एवम पुस्तक प्रदर्शनी समेत राखिएको कोषका अध्यक्ष जीवनाथ चौधरीले बताउनुभयो । उहाँका अनुसार यस महोत्सवमा स्वदेश लगायत भारत, अफगानिस्तान लगायतका अन्तराष्ट्रिय मुलुकबाट समेत विद्वान एवं कलाकारहरु सहभागि हुने छन् ।

mm
दीपक कर्ण
उहाँ टुडेपाटीका जनकपुर प्रतिनिधिको साथै डेस्कमा बसेर समेत समाचार सम्पादनको काम गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *