मनोरंजन

सहिद हेमनारायण गोल्डकपको उपाधि वीरगन्ज युथ एकेडमीले हात पारे

सिरहा ,फाल्गुन १५ गते ।

सदरमुकाम सिरहास्थित क्याम्पसको खेल मैदानमा भएको सहिद हेमनारायण गोल्डकपको उपाधि वीरगन्ज युथ एकेडमीले हात पारेको छ । मंगलवार भएको फाइनल खेलमा भारतको स्पोर्टस बक्सर बिहार टिमलाई हराउँदै वीरगन्ज युथले उपाधि जितेको हो । 

९० मिनेटमा बराबरी खेलेपछि ट्राइब्रेकर निर्णय गरिएको हो । थपिएको १० मिनेटमा पनि गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । 

फाइनल खेलमा ‘म्यान अफ द म्याच’को उपाधि दोस्रो भएका बक्सर टिका खेलाडी एच म्याक्सले पाए । म्याक्स घानाका हुन् ।  त्यसैगरी, ‘म्यान अफ द टुर्नामेन्ट’को उपाधि वीरगन्ज युथ एकेडमीका एम बालाले पाए । 

विजेताले नगद एक लाख एक हजार १११ रुपैयाँ र गोल्डमेडल तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँ नगद र मेडल पाएका छन् । 

 खेलको २३ औँ मिनेटमा वीरगन्जका कृष्णा शाक्यले रेडकार्ड पाएर मैदान छोडेका थिए । विपक्षी खेलाडीलाई हिर्काएपछि उनले रेडकार्ड पाएका हुन् । 

प्रतियोगितामा भारतका दुई र नेपालका छ टिम सहभागी थिए । फाइनलमा खेलकुदमन्त्री जगत सुनार विश्वकर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *