TodayPati

डाक्टर केसीको समर्थनमा सर्लाहीमा शान्तिपूर्ण र्याली

टुडेपाटी-
जनकपुरधाम, असोज १० गते ।

अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा सर्लाहीको वयलबासमा शान्तिपूर्ण र्याली निकालिएको छ । शनिबार डाक्टर केसीको समर्थनमा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले तत्कालै वार्ता गरी उनले उठाएका जायज मागहरु सम्बोधन गर्न माग गर्दै र्याली निकालिएको हो ।

वयलबासका सिनेमा हल चौकबाट सुरु भएको र्याली ईश्वरपुर नगरपालिका कार्यालयसम्म आएर, ईलाका प्रहरी कार्यालय केशरगन्ज अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

Sponsored

कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस क्षेत्र नं। १ का सभापति प्रमोद बराल, नेपाल विद्यार्थी संघका नेता युवराज देवकोटा लगायतले डा. केसीको जीवनउ र केसीले उठाएका मागप्रति गम्भीर बन्न सरकारसँग माग गरेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *