TodayPati

जनकपुर–जयनगर रेल सञ्चालन अझै अन्यौल

टुडेपाटी-
जनकपुरधाम, असोज १० गते ।

भारतबाट रेल खरिद गरि ल्याए पनि जनकपुर जयनगर रेल सञ्चालन अझै अन्यौल बनेको छ । पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्न पूर्ण रुपमा लिक तथा भौतिक संरचना तयारी अवस्थामा छ । भारतबाट किनेको २ सेट रेल असोज २ गते जनकपुरमा हस्तान्तरण गरी धनुषाको इनरर्वामा पार्किंगमा राखिएको छ ।

तर जनशक्ति अभावले रेल सञ्चालन कहिलेदेखि हुने भन्ने टुंगो अझै छैन । ३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सातवटा स्टेशन छन् । त्यसका लागि कम्तीमा २०० जना कर्मचारी चाहिन्छ । हाललाई १२९ जना कर्मचारी माग गर्दै रेल्वे कम्पनी लिमिटेडले विज्ञापन गरेको छ । उक्त विज्ञापन अन्तर्गत आवेदन दिने अवधि असोज १२ गतेसम्मका लागि छ ।
जनशक्ति अभावका कारण रेल सञ्चालनमा ढिलाइ भएको रेल्वे कम्पनीले जनाएको छ । भारतले निर्माण गरेको लिक तथा पूर्वाधार हालसम्म पनि औपचारिक रुपमा हस्तान्तरण नगरेका कारण सञ्चालनमा अन्योलता बढेको स्रोत बताउँ छ ।

Sponsored

हस्तान्तरण गर्ने भन्नेबारे हालसम्म टुङ्गो नलागेको जनकपुर रेल विभागका इन्जिनियर विनोद ओझाले बताए ।
रेल्वे कम्पनीले आवश्यक जनशक्तिका लागि विज्ञापन गरे पनि भारतबाट ल्याउने प्राविधिक कर्मचारीका बारेमा पनि अझै कुनै टुङ्गो लागेको छैन । रेल चलाउनका लागि भारतबाट कम्तीमा पनि २६ जना दक्ष जनशक्ति ल्याउनुपर्ने हुन्छ । त्यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएपनि रेल्वे कम्पनीबाट प्रकृया अझै शुरु नभएको स्रोतले जनाएको छ ।

यता, भारतीय पक्षले नेपाललाई रेल्वेको संरचना हस्तान्तरण गर्न तयार रहे पनि नेपाल नै हालसम्म तयार नभएको आरोप लगाइरहेको छ । ‘भारत रेल्वेको पूर्वाधार तयार भएदेखि नै हस्तान्तरणका लागि तयारी अवस्थामा बसेको थियो तर नेपालको तयारी नपुगेको कारण हालसम्म हस्तान्तरण भएको छैन । नेपाल तयार हुने बित्तिकै हामी हस्तान्तरण गर्छौँ ।’ नेपालस्थित भारतीय दूतावासका एक पदाधिकारीले भने ।

Sponsored


दोस्रो चराणमा सञ्चालन गरिने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटर रेलको लिक तथा भौतिक संरचना निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *