TodayPati

महोत्तरीमा महिलालाई बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ

टुडेपाटी

जनकपुरधाम, असोज १५ गते ।

महोत्तरीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वडासचिव पक्राउ परेका छन् ।महोत्तरीको भंगहा नगरपालिका ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडासचिवलाई पक्राउ परेको हो ।

Sponsored

भंगहा ९ का वडासचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए ।

महोत्तरीका प्रहरी उपरीक्षक केसीले महिला बजारबाट घर जाँदै गइरहेको अवस्थामा बुधबार राति बलात्कारको प्रयास गरेको कुरो बाहिरिएको तर बलात्कार भए नभएको पुष्टि मेडिकल परीक्षणपछि मात्रै हुने बताए ।

महिलाले दिएको बयान र जाहेरीकै आधारमा वडासचिव यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए । अहिले वडासचिव यादवलाई हिरासतमा राखिएको छ । स्थानीयका अनुसार वडासचिव यादव राति अत्यधिक मदिरा पिएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *