TodayPati

प्रदेश २ मा कोरोनाबाट थप दुईजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असोज १५ गते ।

प्रदेश २ मा बिहीबार कोरोनाबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको इशानाथ नगरपालिका ४ का ७४ वर्षीय पुरुष र सिरहाको गोलबजार नगरपालिका २ का ७७ वर्षीय पुरुष छन् ।

रौतहटका पुरुषको वीरगञ्ज स्थित नेश्नल मेडिकल कलेजमा र सिरहाका पुरुषको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश २ समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

Sponsored

यो संगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १३५ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *