TodayPati

धनुषा : चोरबाटो भएर रक्सी खान नेपाल छिरेका एक भारतीयको नदीमा डुबेर मृत्यु

टुडेपाटी

जनकपुरधाम, असोज १८ गते ।

धनुषाको सिमाहुँदै चोर बाटो भएर नेपाल आउन खोज्ने एकजना भारतीय नागरिकको नदीमा डुबेर मृत्यु भएको छ । धनौजी गाउँपालिकाको हरिने हरलाखी बोर्डरमा पर्ने नदी तर्न नसक्दा हरलाखी बस्ने ५५ वर्षीय नरेश साहको मृत्यु भएको हो ।

Sponsored

सिमा क्षेत्रमै खोलिएको होटेलमा रक्सी खाएर फर्किदै गर्दा नदीमा डुबेर उनको मृत्यु भएको स्थानीयले जनाएका छन् ।

पछिल्लो समय सो नदीमा पानीको बहाब बढेपछि धनौजी भररियास्थित रहेको नेपाल भारत सिमामा भारतीय एसएसबीले सो बाटो भएर आवतजावत नगर्नभन्दै नदीको बाटो भएर आउजाउ गर्न रोक लगाएको छ । तैपनि रक्सीले मातेका उनी सोही बाटो भएर घर फर्किने प्रयास गरेका थिए ।

स्थानीयले उनको शव पानीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै भररिया प्रहरीका जुगल चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको लास पानीबाट निकालेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *