TodayPati

प्रदेश २ सरकार भ्रष्टाचारमा डुब्यो : मातृका यादव

टुडेपाटी

जनकपुरधाम, असोज २४ गते ।

पूर्वउद्योग तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले प्रदेश नम्बर २ को सरकार चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

Sponsored

शनिबार गणेशमान चारनाथ नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य समेत रहेका पूर्वमन्त्री यादवले यस्तो आरोप लगाएका हुन् ।

उनले संघीयतालाई कमजोर पार्न षड्यन्त्र गरिरहेको भन्दै पूर्वमन्त्री यादवले विकास निर्माणको नाममा व्यापकरुपमा भ्रष्टाचार गर्न तल्लिन रहेको बताए । प्रदेश सरकारले कोरोना महामारीले प्रदेश नम्बर २ को अवस्था भयावह रहेको बेलामा समेत जनताप्रति उत्तरदायी प्रदेश सरकार हुन नसकेको बताए ।

उनले नेकपा भित्रको विवाद प्रायः समाधान भएको र मन्त्रीमण्डलको हेरफेरको विषयमा समेत स्थायी समितिले गरेको निर्णय नै कार्यान्वयन हुने बताए । पार्टीको आन्तरिक समस्याहरु समाधान हुँदै गएको समेत स्पष्ट पारे ।

Sponsored

प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टीका नेता अजय राय, रामचन्द्र राय र सुनिल राय लगायत दर्जनौँ स्थानीय नेताहरु तथा नेपाली काँग्रेसका गणेशमान चारनाथ मुस्लिम टोल बस्ने कैयूम लेहरीको नेतृत्वमा दर्जनौँ मुस्लिम अगुवाहरु गरी करिब २ सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई नेता यादवले फुलमाला लगाएर स्वागत गरेका थिए । सो क्रममा नेकपा केन्द्रीय सदस्य संघीय सांसद बोधमाया यादव, केन्द्रीय सदस्य प्रदेश सांसद एवम् पुर्व मन्त्री शत्रुधन महतो, प्रदेश सांसद किशोरी शाह , गणेशमान चारनाथ नगरका उपप्रमुख मिना कुमारी यादव, केन्द्रिय सदस्य सुधीर प्रसाद साह, चन्द्रदेव राउत, श्याम यादव, दिपक यादव, राष्ट्रिय युवा संघ नेपाल धनुषाका अध्यक्ष सरोज यादव लगायतका उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *