TodayPati

मगही भाषाको जागरण अभियान : संरक्षणमा कुनै कसर बाँकी नराख्ने सांसद अरगरियाको उदघोष

टुडेपाटी

जनकपुरधाम, असोज २८ गते ।

धनुषाको बटेशवर गाउँपालिकामा मगही भाषा सास्कृती तथा जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।

Sponsored

उज्जवल युवा क्लवद्धारा आयोजित कार्यक्रममा संघीय सांसद उमाशंकर अरगरियाले मगही भाषा भाषीको जनसंख्या बढी भएर पनि मगही भाषालाई उपेक्षा गरिएको बताए ।

उनले मगहीको राजनिती स्तरमा कुनै संरक्षण सम्बर्द्धन नरहेको बेला सिंगो संसदमै एक्लै अवाज उठाउँदै आएको बताउँदै अगामी दिनमा समेत आवाज उठाइरहने बताए

कार्यक्रमको बिशिस्ट अतिथी नबल किशोर शरणले मधेसको अस्तित्वसंग जोडेको यो क्षेत्रको भाषा मगही भाषा र सास्कृती रहेकाले यसको संरक्षण आवश्यक रहेको बताए ।

Sponsored

कार्यक्रममा मगही गीतमा नृत्य ,लोग गीत , गायन झाखी ,लगायतका मगही सास्कृतिका गाथाहरु टीमद्वारा प्रदर्शनी गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *