TodayPati

संजय ‘टक्ला’ भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर, ४ वर्ष जेल,२९ करोड जरिवाना

टुडेपाटी

काठमाडौ, फागुन १५ गते ।

जनकपुर बम काण्डको अारोपमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भएको छ ।

Sponsored

बिहीबार विशेष अदालतले साहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना र सोही बराबरको बिगो जफत हुने फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई जेल सजाय र जरिबानाको फैसला सुनाएका हुन् ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार भ्रष्टाचारमा जेल र जरिवाना तोकिए पनि सम्पत्ति शुद्धीकरण मुद्दामा भने दोषी ठहर भई सजाय तोक्न बाँकी रहेको छ ।

Sponsored

साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी ३१ करोड ५० लाख रुपैयाँ गैरकानुनी (अकुत) सम्पत्ति आर्जन गरेको अभियोगसहित मुद्दा दायर गरेको थियो । २०७३ साल पुस २५ गते भ्रष्टाचार अभियोग र २०७४ चैत १६ सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो ।


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि झण्डै ३२ करोड रुपैयाको स्रोत नखुलेको दाबी गरेको छ । साह पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुन् । साहले सभासद् र मन्त्री पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले पाँच वर्षसम्म जेल सजाय, विगो अनुरुप जरिबाना र उक्त सम्पत्ति जफत गर्न मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहविरुद्ध मुद्दा चलाएको हो। साह २०६४ सालको संविधान सभा चुनावमा धनुषा क्षेत्र नम्बर ४ बाट मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट निर्वाचित भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *