ब्रेकिङ्ग राष्ट्रिय

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, वैशाख ८ गते ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ । शारीरिक अस्वस्थ्यताका कारण काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आईतवार विहान ८ बजे ४५ वर्षको उमेरमा निधन भएको परिवारिक श्रोतले टुडेपाटीलाई जानकारी दिएको छ ।

उहाँको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ ।

उहाँ राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । निर्वाचित भएकै बेलादेखि उहाँ शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भएपछि औषधि उपचार भइरहेको थियो ।

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

One Reply to “महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

  1. समाचार सम्प्रेसन गरेर मात्र भयेन …..उक्त समाचार को गंभीरता लाइ बूझी त्येशको निचोड़ र निष्कर्ष सम्मा न पुगी समाचार लाइ एतिकै अनाथ छोड दीनु भएन….. बांकी त् समाचार भेनेको ..😂😂😂…..जय जानकी…🙏………….
    जय हो……🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *