ब्रेकिङ्ग समाज

धनुषामा विद्यालय तथा अस्पतालको २ सय मिटर भित्र मदिरा र सूर्तिजन्य कारोबारमा रोक

टुडेपाटी समाचारदाता

जनकपुरधाम, वैशाख ९ गते ।

धनुषा जिल्लामा विद्यालय तथा अस्पताल क्षेत्रमा मदिरा र सुर्तिजन्य कारोबारमा कडाई गरेको छ । जिल्ला पशासन कार्यालय धनुषाले आफ्ना मातहतका सबै निकाय तथा जिल्ला समन्वय समितिलाई सोमबार परिपत्र गर्दै विद्यालय तथा अस्पताल क्षेत्रको २ सय मिटर वरपर मदिरा तथा सूर्तिजन्य कारोबार रोक्न निर्देशन जारी गरेको हो ।

परिपत्रमा लेखिएको छ ‘ उपरोक्त विषयमा २ सय मिटर आसपासमा कुनै किसिमको कारोबार भए नियन्त्रण तथा नियमन गर्न गराउन र तत्सम्बन्धी प्रतिवेदन समेत गर्न हुन अनुरोध छ’ मातहतका सबै निकायमा पठाएको पत्रमा उल्लेख छ । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष मुरली मनोहरले ध्यानाकर्षण गराएपछि प्रशासनले यस्तो कदम चालेको हो ।


धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले हस्ताक्षर गरेको उक्त पत्र कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला समन्वय समिति कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा, शिक्षा विकास तथा समन्वय इकाई धनुषा, उद्योग बाणिज्य संघ जनकपुर र चेम्बरअफ कमर्सलाई वोधार्थ पठाइएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

One Reply to “धनुषामा विद्यालय तथा अस्पतालको २ सय मिटर भित्र मदिरा र सूर्तिजन्य कारोबारमा रोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *