TodayPati

रहीम युवा समाजद्वारा छोरीको विवाहको लागि ४१ हजार सहयोग

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १७ गते ।

रहीम युवा समाज जनकपुर नेपालले एक विपन्न परिवारलाई छोरीको विवाहको लागि ४१ हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

रहीम युवा समाज कतारले पठाएको रकम रहीम युवा समाज जनकपुर, नेपालले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ निबासी समीना खातुनलाई हस्तान्तरण गरेको हो ।

Sponsored

रहीम युवा समाज जनकपुरका अध्यक्ष ईद मोहम्मद साफी जानी खानले समीना खातुनलाई छोरीको विवाहको लागि उक्त रकम प्रदान गरेका हुन् ।

समीनाको घरपरिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले कातारबाट समाजले पठाएको रकम उनलाई हस्तान्तरण गरेको बताए । रकम हस्तान्तरण कार्यक्रममा समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *