TodayPati

आजको भोटिङले तय हुन्छ : अमेरिकाको अगामी राष्ट्रपति ट्रम्प कि वाइडेन ?

एजेन्सी

जनकपुरधाम, कार्तिक १८ गते ।

अमेरिकामा अगामी राष्ट्रपतिकालािग आज अन्तिम मतदान हुँदैछ । मतदानले
मंगलबार ३ नोभेम्बरको मतदानले ह्वाइट हाउसमा डोनल्ड ट्रम्प टिकिरहनेछन् वा अब जो बाइडेनको नयाँ ठेगाना हुनेछ भन्ने कुराको निश्चित हुनेछ ।

Sponsored

साधारणतया अमेरिकामा मतदानको राती नै तस्बिर स्पष्ट हुन्छ तर कोरोना महामारीका कारण यस पटक त्यहाँ धेरैजसो मतदाताले पहिले नै मतदान गरिसकेका छन् जसका कारण मतगणनामा ढिलाई हुनसक्छ ।

अमेरिकाको अलग–अगल राज्यमा मतदानको अलग–अलग समय छ ।

सबैभन्दा पहिले पूर्वी तटीय प्रदेशमा मतदान हुन्छ । यसपटक जब बेलुका सात बजे मतदान बन्द हुनेछ तब नेपालमा बुधबार बिहान पौने ६ बजिरहेको हुनेछ ।

Sponsored

मतदान समाप्त भएपछि अलग–अलग राज्यमा मतको गन्ती सुरु हुन्छ ।

मतदान भएको राती कहिले पनि मतगणना समाप्त हुँदैन तर त्यति भोटको गन्ती हुन्छ जसले निश्चित रुपमा थाहा हुन्छ कि बिजेता को हुन् ।

यद्यपि, मतको गन्ती समाप्त भइसक्दैन त्यसपछि यसलाई प्रोजेक्सन वा रुझान मात्रै भनिन्छ ।
यो वर्ष कोरोना महामारीका कारण पहिलेको तुलनामा धेरै मानिसहरुले पहिले नै वा त डाकबाट वा आफैं गएर मतदान गरिसकेका छन् ।

डाकबाट हालिएको पोस्टल मतको गन्तीमा धेरै समय लाग्छ किनभने त्यसमा मतदाताको पहिचान गर्ने प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

फ्लोरिडा र ओहायोजस्ता केही राज्यमा पहिचानको यो प्रक्रिया थुप्रै हप्ता अघि सुसरु हुन्छ त्यसैले त्यहाँ पोस्टल मतको गन्ती मतदानलगत्तै सुरु हुन्छ र को जितिरहेको छ भने थाहा हुन्छ ।

तर पेन्सिल्वेनिया र विस्कोन्सिनजस्ता राज्यमा मतदानको दिन अघि जाँच प्रक्रिया सुरु गर्ने अनुमति हुँदैन ।

यस्तोमा यी राज्य नतिजाका लागि महत्वपूर्ण हुन्छन् र यसपटक चुनाव अधिकारीले भनिसकेका छन् कि मतको गन्तीमा थुप्रै दिन लाग्न सक्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *