मुख्य-1 समाज

बटेश्वर गाउँपालिका अध्यक्षकै अगाडि फोरम सांसद प्रत्यासीबाट कुटिए वडा अध्यक्ष

रोहित महतो –

धनुषा, वैशाख २१ गते ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरालाल महतो कुटिएका छन् । फोरमबाट प्रदेशसभा सदस्यका प्रत्यासी राजकिशोर महतोले वडा कार्यालयमै वडाध्यक्ष हिरालालमाथि कुटपिट गरेका हुन् । प्रदेश २ सरकारले ससर्त अनुदानअन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैयाँको योजना आफूलाई दिन दबाब दिँदै आएकोमा उत्पन्न विवादले उग्ररूप लिँदा कुटपिट भएको हो ।

कुटपिटको क्रममा राजकिशोरले हानेको इँट्टाबाट वडा अध्यक्ष हिरालालको हातमा चोट लागेको थियो । इँट्टा प्रहारबाट घाइते वडाध्यक्ष हिरालालको बटेश्वरमै उपचार पछि घर फर्केका छन् । वडा कार्यालयमा सडक विवादबारे समान्य छलफल चलिरहँदा राजकिशोर एकाएक आएर अनावश्यक बखेडा झिँकी हातपात गर्दै आफूमाथि इँट्टा प्रहार गरेको वडाध्यक्ष हिरालालको आरोप छ । यता, वडाध्यक्ष हिरालालमाथि इँट्टा प्रहार गरेको राजकिशोरले योजनाबारे जानकारी लिने क्रममा हातपात भएको स्वीकार गरे ।

राजकिशोरले भने, ‘वडाध्यक्षले मलाई थप्पड हानेपछि आवेशमा मैले इँट्टा हानेँ।’ यताका घटना हुँदा विवादकै साक्षीसमेत रहेका गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भने दुवैलाई बैठक बसेर छलफल गर्न आग्रह गरेको बताए ।

उनले भने, ’हामी यहीँ बसेर छलफल गरी दोषीलाई जरिवाना गरौँ’, यदि हामीबाट विवाद समाधान नभए अगाडि बढ्नुपर्छ’ राउतले भने । गाउँपालिका अध्यक्ष राउतले आफ्नै अगाडि वडाध्यक्ष र राजकिशोरबीच घम्साघम्सी भएको र सोही क्रममा राजकिशोरले एक्कासि इँट्टा प्रहार गरेको बताइएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

One Reply to “बटेश्वर गाउँपालिका अध्यक्षकै अगाडि फोरम सांसद प्रत्यासीबाट कुटिए वडा अध्यक्ष

  1. Hello! todaypati.com

    We present oneself

    Sending your message through the Contact us form which can be found on the sites in the Communication partition. Contact form are filled in by our program and the captcha is solved. The superiority of this method is that messages sent through feedback forms are whitelisted. This technique improve the probability that your message will be read. Mailing is done in the same way as you received this message.
    Your commercial proposal will be read by millions of site administrators and those who have access to the sites!

    The cost of sending 1 million messages is $ 49 instead of $ 99. (you can select any country or country domain)
    All USA – (10 million messages sent) – $399 instead of $699
    All Europe (7 million messages sent)- $ 299 instead of $599
    All sites in the world (25 million messages sent) – $499 instead of $999

    Discounts are valid until May 10.
    Feedback and warranty!
    Delivery report!
    In the process of sending messages we don’t break the rules GDRP.

    This message is automatically generated to use our contacts for communication.

    Contact us.
    Telegram – @FeedbackFormEU
    Skype – FeedbackForm2019
    Email – FeedbackForm@make-success.com
    http://bit.ly/2WaDiqS

    Sorry to bother you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *