TodayPati

कुनै हालतमा राजीनामा दिन्‍नँ : प्रधानमन्त्री ओली

टुडेपाटी

काठमाडौँ, कार्तिक १९ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

Sponsored

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।

पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् ।

उनले भने,‘तपाईंहरु विचार गर्नुस के अहिले मैले राजीनामा दिन हुन्छ रु राजीनामा दिन मिल्छ रु मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

Sponsored

आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।

केहीले अविश्वासको प्रस्तावको तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।

केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउने धेरै कोशिस भएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *