TodayPati

मलेसियाको नयाँ प्रधानमन्त्रीमा पूर्व गृहमन्त्री मोहिउद्दीन यासिन नियुक्त

टुडेपाटी
क्वालालामपुर, फागुन १८ गते ।

मलेसियाको नयाँ प्रधानमन्त्रीमा पूर्व गृहमन्त्री मोहिउद्दीन यासिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका छन् । पाकिस्तान निकट महाथिर मोहम्मदले प्रधानमन्त्री पदबाट राजिनामा दिएको केहीदिनमै मलेसियाका राजा सुल्ता अब्दुल्लाह अफ पहाङले यासिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।

उनी ७२ वर्षका उमेरमा शनिबार प्रधानमन्त्री नियुक्त भएका थिए । आइतबार उनले प्रधानमन्त्रीको शपथ लिएको बीबीसीले जनाएको छ ।

Sponsored

महाथिर मोहम्मद सत्तामा आएपछि मलेसिया र पाकिस्तान नजिकिएका थिए । महाथिरले कस्मिर मुद्दामा पाकिस्तानको साथ दिएको थियो । हाल भारतमा जारी नागरिकता कानूनविरुद्धको प्रर्दनमा पनि महाथिरले समर्थन जनाएका थिए ।

सन् १९८१ देखि महाथिर प्रधानमन्त्रीको रुपमा सत्तामा आएका थिए । त्यसपछि सन् २०१८ पनि महाथिर प्रधानमन्त्री बनेका छन् । दोस्रोपटक पनि पाकिस्तान र मलेसिया नजिकिँदा भारतसँगको सम्बन्ध बिग्रिएको थियो ।

मलेसियामा एक हप्तायता राजनीतिक रस्साकस्सी चलेपछि ९४ वर्षका महाथिरले केही दिन अगाडि आफ्नो गठबन्धनसँग सम्बन्ध तोड्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए ।

Sponsored

शनिबार मोहिउद्दीन यासीनले आफूसँग संसदमा बहुमत भएको दाबी गरेपछि राजाले उनलाई प्रधानमन्त्रीको नियुक्त गरेका जनाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *