मुख्य-1 विविध

शैक्षिक मेलाको नाममा आईटम डान्स

टुडेपाटी समाचारदाता-
जनकपुरधाम,२७ गते ।

बृहत भारतिय शैक्षिक मेलाको नाममा तामझाम सहित एसइई र कक्षा १२ को परीक्षा दिईसकेका विद्यार्थीहरुलाई लक्षित गर्दै बैशाख २७ र २८ गते जनकपुरधामस्थित एक कन्सल्टेन्सीले शैक्षिक मेलाको नाममा आईटम डान्सको आयोजना गर्न लागेको खुलेको छ ।

नेपाल र भारत सहित अन्य केही देशका कलेजका प्रतिनिधिहरु समेत सहभागी हुने भनिएको मेला रामजानकी कन्सल्टेन्सीका लागि आईटम डान्स गराउने अवसरको रुपमा मात्रै सिमित भएको सरोकारवालाले जनाएको छ ।

कन्सल्टेन्सिका निर्देशक नितेश कुमार सिंह सहितको टिम शैक्षिक मेलाका नाममा मोजमस्तीमा लागेको देखिएको छ ।
शैक्षिक मेलाका नाममा विद्यार्थीहरुको तनाव कम गर्ने भन्दै भारतिय गायिका रोजानी साहुले दिने प्रस्तुतिले विद्यार्थीको तनाव कम हुने वा निर्देशक सिंहको तनाव कम हुने हो त्यो भने हेर्न बाँकी नै छ, तर पनि शैक्षिक मेलाका नाममा यस्तो क्रियाकलाप हुनु दुःखद रहेको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *