TodayPati

सप्तरीमा लागुऔषधसहित ब्रिटिस र भूमीराज पक्राउ

टुडेपाटी-

सप्तरी, कात्तिक २४ गते ।

सप्तरीमा लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन् । सप्तकोशी नगरपालिका २ फत्तेपुरका ३५ वर्षीय ब्रिटिस थापा मगर र सप्तकोशी नगरपालिका १ का ३० वर्षीय भूमीराज थापालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

Sponsored

भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित रम्पुरा मल्हनियाँबाट उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

पक्राउ परेका उनीहरु सवार स।८ प ९०९५ नम्बरको मोटरसाइकलबाट डाईजील्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल र लुपिजेसिक ५० एम्पुल बरामद भएको प्रबक्ता साहले बताए । उनीहरुको साथबाट ७० हजार रुपैयाँ नगर समेत बरामद भएको हो ।

पक्राउ परेका दुवै जनाविरुद्व लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *