TodayPati

मुम्बइ हाइकोर्टद्वारा अर्नब गोस्वामीलाई धरौटीमा रिहा गर्न अस्वीकार

एजेन्सी-
जनकपुरधाम, कात्तिक २४ गते ।

मुम्बइ हाइकोर्टले रिपब्लिक टेलिभिजनका प्रधानसम्पादक अर्नब गोस्वामीलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।

हाइकोर्टले अर्नबलाई धरौटीमा रिहाइका लागि सेशन कोर्ट जान सक्ने आदेश दिएको छ । यसका लागि उनले तोकिएको समयमा अपिल गर्नुपर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । हाइकोर्टले आफ्नो फैसलामा अर्नबले चाहे चार दिनभित्रमा उक्त आदेशलाई चुनौती दिँदै तल्लो न्यायालयमा अपिल सक्ने उल्लेख गरेको छ ।

Sponsored

एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरूत्सहान घटनामा उनलाई ४ नोबेम्बरमा मुम्बइ प्रहरीले पक्राउ परेको थियो । रायगढ जिल्ला अदालतले अर्नबलाई १८ नोबेम्बरसम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको थियो ।

न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टाइन केन्द्र पठाइएको थियो । तर, उनले न्यायिक हिरासतमा रहेका बेला मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *