TodayPati

पाँचौ पटक आइपिएलको उपाधि मुम्बईको कब्जामा, दिल्ली ५ विकेटले पराजित

टुडेपाटी

जनकपुरधाम, कार्तिक २६ गते ।

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को उपाधिमाथि कब्ज गरेको छ । मंगलबार राती भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको
हो । मुम्बईले उपाधि रक्षा गर्नुका साथै कीर्तिमानी पाचौँपटक विजेता बनेको हो।

Sponsored

आईपीएलको इतिहाँसमा उपाधि रक्षा गर्ने दोस्रो टोली पनि बन्यो। यसअघि चेन्नई सुपर किङ्सले मात्र यो सफलता हात पारेको छ। दिल्लीले दिएको एक सय ५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो। मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन जोडे। इसन किसनले ३३ र क्विन्टन डे कोकले २० रन बनाए। मुम्बईले ४५ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। रोहितले दोस्रो विकेटका लागि सुर्य कुमार यादबसँग ४५ र तेस्रो विकेटका लागि किसनसँग ४७ रनको साझेदारी गरेका थिए।

यसअघि टस जितेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५६ रन जोड्यो। दिल्लीका रिसभ पन्तले ५६ र श्रेयस अयरले ६५ रन बनाए। २२ रन जोड्दा तीन विकेट गुमाएको दिल्लीका लागि पन्त र अयरले ९६ रनको साझेदारी गरे। दिल्लीका मार्कस स्टोइनिस शुन्य, शिखर धवन १५ र अजिन्क्या रहाने २ रनमा आउट भए।

दिल्लीले अन्तिम दुई ओभरमा १४ रनमात्र जोड्न सक्यो। मुम्बईका ट्रेन्ट बोल्टले ३ र नाथन कुल्टर नाइलले दुई विकेट लिए। जयन्त यादबको नाममा एक विकेट रह्यो। पहिलोपटक सन् २०१० को संस्करणमा फाइनल पुगेको मुम्बई त्यतिबेला पराजित भएपनि त्यसयताका पाँचवटै फाइनल यात्रामा उसले उपाधि जितेको छ।

Sponsored

मुम्बईपछि सर्वाधिक उपाधि जित्ने टोलीका रुपमा चेन्नई सुपर किङ्स रहेको छ। उसले तीनपटक उपाधि जितेको छ। चेन्नईले सन् २०१० र २०११ मा लगातार उपाधि जितेको थियो। मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि जितेको हो। हालसम्म मुम्बई र चेन्नईबाहेक कोलकाता नाइट राइडर्सले दुई तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जस र राजस्थान रोयल्सले एक एकपटक उपाधि जितेका छन् । दिल्ली पहिलोपटक फाइनल पुगेको थियो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *