मुख्य-1 समाज

सप्तरीमा आगलागी हुँदा ६० लाखको क्षती

सप्तरी, वैशाख ३० गते ।

सप्तरीमा आगलागी हुँदा ६० लाखको क्षती भएको छ । सप्तरीको खड्क नगरपालिका ७ मा सत्यनारायण अग्रवालको घरमा आज आगलागी भएको हो ।

घरको तल्लो तलामा रहेको गोयल वस्त्रालय पसलमा पूजा गर्न बालेको दियोबाट सल्केको आगोले घरसहित नगद र लत्ताकपडा गरी ६० लाख मूल्य बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगो वारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *