मुख्य-2 समाज

पर्सामा ट्रयाक्टर पल्टिँदा १२ जना घाइते

पर्सा, वैशाख ३१ गते ।

पर्साकोे वीरगञ्ज महानगरपालिका १६ सिंग्याहि पुल नजिकै जन्ती बोकेको ना ७ त ६२९ नम्बरको ट्रयाक्टर सोमबार राति पल्टिँदा १२ जना घाइते भएका हुन् । जन्ती बोकेर बाराको विश्रामपुर गाउँपालिका १ छतवाबाट पर्साको विन्दवासिनी गाउँपालिका १ गर्दौल जाँदै गरेको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि घाइते भएका १२ जना मध्ये १० जनालाई वीरगञ्जको नेशलनल मेडिकल कलेजमा उपचार गराई घर फर्काइएको र दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार राती वीरगञ्ज उपमहानगरपालिका– २५ मा मोटरसाईकलले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । ना ४६ प ८५१७ नम्बरको मोटरसाईकलले साइकल यात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक बिश्रामपुर गाउँपालिका छतवाका २५ वर्षिय अनिल मुखिया र साइकल यात्री वीरगञ्ज महानगरपालिका २५ मौजे सिर्सियाका ५० वर्षिय विन्देश्वारी महतो घाइते भएका हुन् । घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *