TodayPati

प्रदेश २ : प्रेम समबन्धका कारण १८ वर्षीया युवतीको गोली हानी हत्या

टुडेपाटी

रौतहट, कार्तिक २७ गते ।

रौतहटमा एक युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

Sponsored

गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए । गोली लागेर युवतीको घटनास्थलमै मृत्यु भएको उनको भनाई छ ।

यद्दपी युवतीको हत्या प्रेम सम्बन्धको कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसँग अमृताको विवाह भएको थियो । तर असारमै उनको सम्बन्ध विच्छेद भइसकेपछि अमृता माइती लौकाहामा बस्दै आएकी थिइन् ।

रौतहटका प्रहरी प्रमुख एसपी सिद्धीविक्रम साहका अनुसार युवतीको हत्यामा संलग्न व्यक्तिहरु पहिचान भइसकेको छ । हाल उनीहरु फरार रहेकाले खोजीकार्य भइरहेको एसपी साहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *