ब्रेकिङ्ग राष्ट्रिय

उद्योगमन्त्री मातृका यादवमाथि काँग्रेस निकट कर्मचारीद्वारा हातपातको प्रयास


काठमाडौं, जेठ १ गते ।

उद्योगा बाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवमाथि उनको कार्यकक्षमै हातपातको प्रयास भएको छ । सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री यादवको कार्यकक्षमै नेपाली काँग्रेस निकट कर्मचारीसंघका एक कर्मचारीले हातपात प्रयास गरेका हुन् ।

। उद्योग मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका छन् ।

उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ । कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ ।

उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेको मन्त्रीको निजी सचिवायलयले जनाएको छ । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *