TodayPati

महोत्तरीमा १ क्विन्टल बढी गाँजासहित मकवानपुरका युवक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कात्तिक २७ गते ।

सशस्त्र प्रहरीले महात्तरीबाट लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–२ का ३० वर्षीय अम्मरकुमार थिङलाई पक्राउ गरिएको हो ।

बुधबार राति महोत्तरीको एकडाँडा गाउँपालिका–३ स्थित भटौलियामा ना।३ च ९६२४ नम्बरको जिप चेकजाँच गर्ने क्रममा ११० केजी गाँजासहित थिङलाई पक्राउ गरेका सशस्त्रका प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

Sponsored

एसपी सापकोटाका अनुसार गाँजा बोक्न प्रयोग भएको जिपबाट ३० बोरा चोकर, २ थान मोबाइल, ८ हजार १५० रुपैयाँ नगद समेत बरामद भएको छ ।

पक्राउ परेका थिङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय जलेश्वरमा बुझाइएको एसपी सापकोटाको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *