TodayPati

सप्तरीमा पटाकाले आगलागी हुँदा १५ लाखको क्षति

शुभ नारायण यादव-
सप्तरी, कार्तिक २७ गते ।

नजिकिँदै गरेको दिपावली तथा छठ पर्वका कारणले बालबालिकाहरु प्राय पटाका तथा अन्य विष्फोटक पदार्थहरु पड्काउने गरेको छ । तर, पटाकाकै कारणले सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित मुखिया टोलमा भएको आगलागीमा झण्डै १५ लाखको क्षति भएको छ ।

डाक्नेश्वरी नगरपालिका ३ तरहीका बतहीदेवी मुखियाको घरबाट अचानक सुरु भएको आगो छिमेकी राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेशकुमार मुखियाको घर र घरमा रहेको सम्पुर्ण सरसामान जलेको सो मुल्य बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

Sponsored

आगलागीले राजकुमारको मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेको छ । यसैगरी, बतहीको ४७ हजार रुपैयाँ, रामरुपको १ लाख ५० हजार रुपैयाँ, नरेशको ३ लाख ५० हजार, राजको २ लाख रुपैयाँ र मुकेशको २ लाख ७० हजार रुपैयाँको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी स्थानीयबासिन्दा, प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *