मुख्य-2 राष्ट्रिय

जनकपुरका पत्रकार मुख्यमन्त्री कार्यालयको अगाडी धर्नामा

टुडेपाटी समाचारदाता-
जनकपुरधाम, जेठ ३ गते ।

प्रदेश २ को मुख्यमन्त्री कार्यालय अगाडी बिहान १० बजे जनकपुरधामका सम्पूर्ण पत्रकार भेला भए । आफूसँग भएका क्यामेरा, झोला, कलम, डायरी, ल्यापटप, रेकर्डर, पत्रिका सहितका सामग्रीहरु धमाधम भूइँमा राखे र धर्नामा बसे । पत्रकारहरु सधै आफ्ना सञ्चार सामग्री बोकेर फोटो खिच्दै, जनताको समस्या सुन्दै हिडने उनीहरुको एक्कासी सबै सामग्रीहरु भुईमा राख्दै अडी कसेर बसे ।
‘संघीय सरकारको मिडिया काउन्सिल ऐन खारेज गर, प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक संशोधन गर, पै्स स्वतन्त्रता लागू गर, संघ र प्रदेश सरकारको सञ्चार मन्त्री राजिनामा दे ! जस्ता नाराहरु लगाउँदै सरकार विरोध गरे । करिब १ घण्टा चर्को घाममा धर्ना बसेका उपस्थित पत्रकारहरु प्रेसमैत्री सरकार निर्माणमा माग गर्दै आन्दोलित हुँदै सरकार विरुद्ध चर्को नाराबाजी गरे ।


संघीय सरकार र प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक खारेजीको माग गर्दै धनुषाका पत्रकाहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कलम डाउन गर्दै धर्ना दिएका हुन् । पत्रकारहरुलाई गल्ति समाचार लेखिएको ठहरिएमा लाख रुपैयाँ देखि करोड सम्म जरिवाना गराउने विधेयकको विरुद्धमा उनीहरुले विरोध जनाएको नेपाल पत्रकार महासंघकी उपाध्यक्ष मनिका झाले जानकारी दिईन् । उपाध्यक्ष झाले भनिन, ‘समाचार लेखेकै आधारमा हत्कडी लगाइनु तथा समाजसेवामा खटिएका पत्रकारलाई लाख देखि करोड सम्मको जरिवानालाई निन्दनीय कार्यको संज्ञा दिदै विरोध जनाएका हौं ।’


नेपाल पत्रकार महासंघ धनुषा तथा प्रदेश पत्रकार महासंघको ऐक्यबद्धता प्रेस संगठन, प्रेस युनियन, मधेशी पत्रकार समाज, प्रेस मञ्च लगायतले साथ दिदै प्रदेश सरकार तथा संघीय सरकारका मिडिया काउन्सिल ऐन तथा सञ्चार एने खारेजीको माग गरे । धर्नापछि सञ्चारकर्मीलाई प्रदेश २ का पत्रकार महासंघका महासचिव किरण कुमार कर्णले समाचारबारे छानबिन गर्ने अधिकार प्रेस काउन्सिललाई भएपनि सरकार पञ्चायती शासन शैलीभन्दा क्रुर शासन पद्धति ल्याउन खोजेकोमा विरोध गरे । उनले भने, ‘राज्यको यस्तो दुष्प्रयासलाई हामीले कडा बिरोध गर्दछौं । अहिले सरकारले गरेको भ्रष्टाचार, अराजकतालाई लुकाउन सरकारले पत्रकारहरुमाथि अङकुश लगाउने प्रयास गर्दैछ । राज्यले गम्भीर भएर सोचेन भने आम सञ्चारले स्वतन्त्रताको आन्दोलनका लागि थप आन्दोलन गर्छ ।’


सञ्चार विधेयक संशोधन हुन्छ : कानूनमन्त्री यादव


धर्नाकै क्रममा मुख्यमन्त्री कार्यालय पुगेका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक संशोधनका लागि प्रदेश सरकार तयार रहेको प्रतिबद्धता जनाए । उनले प्रदेश सरकारको प्राविधिक त्रुटीका कारण प्रदेश २ को सञ्चार विधेयक स्वतन्त्र निकाय पत्रकारलाई जरिवानाको व्यवस्था गलत भएको स्विकार गर्दै ऐन संशोधनका लागि प्रतिबद्धता व्यक्त गरे ।


उनले भने, ‘लोकतन्त्रको मूल आधार प्रेस स्वतन्त्रता भएकोले त्यसको बहुआयामीक पक्षमाथि आघात पुग्ने र जनउत्तरदायित्व गर्ने कार्यलाई कहिल्यैपनि कुनै पनि बहानामा निषेध गर्ने कल्पना समेत गर्न सकिने छन् । उपेक्षित, सिमान्तृक र बहिष्करणमा परेका समाज र जनताको लागि पत्रकारले चालेको कदमलाई सराहना गर्दछौं ।’ मन्त्री यादवले भने, ‘हामी अधिकारप्रति सचेत र र समाज रुपान्तरणका सारथीको मनोबलमा प्रतिकूल असर पर्नेगरी कुनै कार्य गर्दैनौं ।’

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

One Reply to “जनकपुरका पत्रकार मुख्यमन्त्री कार्यालयको अगाडी धर्नामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *