TodayPati

महोत्तरी प्रहरीद्वारा विभिन्न ब्राण्डका १८ हजार बोतल मदिरा नष्ट

टुडेपाटी-
महोत्तरी, कार्तिक २८ गते ।

महोत्तरी प्रहरीले भन्सार छली गरी भारत तर्फ निकासी गर्न लागेको १८ हजार ३ सय बोतल मदिरा नष्ट गरेको छ ।

गौरव, बिङ्गो लगायतको विभिन्न नामका २५० मि.ली.को १८ हजार ३ सय बोतल अर्थात ४ हजार ५ सय ७५ लिटर मदिरा शुक्रबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

जलेश्वर नगरपालिका ७ स्थित खुल्ला स्थानमा खाल्डो खनी सो मदिरा गाडेर नष्ट गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *