TodayPati

पर्सामा ट्रयाक्टरको ठक्करबाट घटनास्थलमै ठगको मृत्यु

टुडेपाटी-

वीरगञ्ज, कात्तिक २९ गते ।

पर्सामा एक पुरुषको ट्रयाक्टरले दिएको ठक्करबाट घटनास्थलमै मृत्यु भएको छ ।

Sponsored

पटेर्वासुगौली गाउँपालिका २ गादी निवासी ५० वर्षका ठग महतो थारुको मृत्यु भएको हो ।

शुक्रबार साँझ ७ बजे गादीटोलमै ना ६ त ७६७१ नम्बरको ट्रयाक्टरले पैदल हिँड्दै गरेका थारुलाई ठक्कर दिएको थियो ।

ठक्करबाट थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Sponsored

ठक्कर दिने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको तथा चालक भने फरार भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *