मुख्य-2 समाज

सप्तरीमा चिरान मिलमा आगलागी हुँदा ५ लाखको क्षति

टुडेपाटी समाचारदाता-
सप्तरी, जेठ ६ गते ।

सप्तरीमा चिरान मिलमा आगलागी हुँदा ५ लाखको क्षति भएको छ ।

सप्तरीको छिन्मस्ता गाउँपालिका ३ बस्ने सिताराम यादवको काठको चिरान मिलमा अचानक विजुलीको तार सर्ट भई आगलागी हुँदा अन्दाजी रु. ५ लाख बराबरको क्षति भएको हो । आगलागीबाट काठ, काठ चिर्ने मेशिन र चिरान घर समेतमा क्षती भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

उक्त आगलागी सम्बन्धमा खबर प्राप्त हुनुसाथ ईलाका प्रहरी कार्यालय सखडा, सप्तरीबाट खटिएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा अन्दाजी १२ बजेको समयमा आगो नियन्त्रणमा आएको थियो ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *