मुख्य-1 राजनीति

प्रदेशसभा बैठकमा प्रदेश सञ्चार विधेयको विरोध

रोहित महतो-
जनकपुरधाम, जेठ ६ गते ।

प्रदेश २ सरकारले संसदमा दर्ता गराएको प्रदेश सञ्चार विधेयको प्रदेशसभा बैठकमा विरोध भएको छ। सोमबारको प्रदेशसभा बैठकमा विपक्षीसँगै सत्तारुढ सांसदलेसमेत सञ्चार विधेयकको विरोध गरेका हुन् ।

विशेष समयमा बोल्दै नेकपा सांसद मन्जु यादवले प्रेस स्वतन्त्रलाई कुण्ठित हुने गरी संघीय सरकारले ल्याएको सञ्चार विधेयकको कपी पेस्ट गरेकोप्रति आपत्ति जनाइन् । उनले मधेश आन्दोलनको जगमा बनेको प्रदेश सरकारलाई आन्दोलनमा पत्रकारले खेलेको भुमिका स्मरण गराइन्। मधेस आन्दोलनको बेला काठमाडौँका मिडियाले हल्ला भएजति आन्दोलन भएकै होइन भन्दा यहाँका पत्रकारले आन्दोलनलाई उचाइ दिएका थिए, पत्रकारले पनि आन्दोलन गरेका थिए,’ उनले भनिन्, ‘प्रदेश सरकारले मुट्ठी भर्नकै लागि आन्दोलन गरेका थिए कि प्रेस स्वतन्त्रता कुण्ठित गर्न आन्दोलन गरेका थिए?’

राजपा सांसद सुरिता साहले पनि प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकको विरोध गरिन्। ‘सञ्चार लोकतन्त्र सुरक्षित गर्ने माध्यम हो विधयेकमा ल्याएको बिबादास्पद बिषयको हामी विरोध गर्छौँ, यो संशोधन हुनुपर्छ,’उनले भनिन् । कांग्रेस प्रदेससभा सदस्य बीरेन्द्र सिंहले सदनप्रति सरकार गम्भीर नरहेको महसुस भएको बताए। उनले आफुहरुले सदनमा उठाएको कुनै माग सरकारले पुरा नगरेको भन्दै सरकारलाई सदनप्रति गम्भीर हुन ध्यानाकर्षण गराए ।

‘हामी सदनमा जेजति कुरा उठाउँछौ सरकारको तर्फबाट कुनै जवाफ पाएका छैनौ, बाध्य भएर हामीले लिखित जबाफ समेत माग्यौँ तर अहिलेसम्म जवाफ पाएका छैनौ,’ उनले भने, ‘राजनीतिक आन्दोलनमा सम्झौता हुन्थे तर कार्यन्वयन हुन्थेन, आज हामीले पनि उधारो सम्झौता भोग्नु परेको छ।’ कांग्र्रेसले सदनमा दर्ता गराएको लिखित प्रश्नहरुको तत्काल जवाफ दिन उनले सरकारसँग माग गरे ।

सांसद सिंहले वर्षायाम आउन लाग्दा समेत प्रदेश सरकारले अहिलेसम्म जोखिमपुुर्ण नदीका तटबन्ध निर्माणमा चासो नदेखाएको भन्दै सरकारको आलोचना गरे। ‘नदी किनारका जनताहरु कतिखेर बाढीले घर बगाउने हो भन्ने त्रासमा छन् तर प्रदेश सरकारले एउटा पनि तटबन्ध निर्माण गरेका छैन,’ उनले भने ।

नेकपा सांसद रामकुमार यादवले प्रहरी र ठेकेदारको मिलिमतोमा चुरे क्षेत्रका बालुवा तथा गिट्टी उत्खनन भैरहेकोप्रति प्रदेश सरकारलाई ध्यानाकर्षण गराए । उनले प्रदेशलाई मरुभूमिकरण हुनबाट जोगाउन चुरे संरक्षणमा गम्भीर भएर लाग्नुपर्ने बताए । राजपा सांसद मनिस कुमार सुमनले सरकार र विपक्षीको सम्बन्ध द्धापर युगको रामकृष्ण र परमहंस जस्तै रहेको टिप्पणी गरे । उनले विपक्षीले सरकारसँग सहमती भइसकेपछि सदन सुचारु गर्ने सहमती भएको र मुख्यमन्त्रीले गल्ती भएको स्वीकार गरिसकेको अवस्थामा कुन माग पुरा नभएको सदनलाई जानकारी गरारउनुपर्ने बताए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *