मुख्य-2 विविध समाज

मोटरसाइकलको चैन म्यानुअल लुब्रिकेटर नेपालमै, हुनुस् अब यी झण्झटबाट मुक्त

जनकपुरधाम, जेठ ९ गते ।

पटक पटक चैन स्पोकेट सफा गर्ने, चैन स्पोकेट सुख्खा हुँदा मोविल हाल्न ग्यारेज जानुपर्ने लगायतका झन्टबाट मुक्त हुन अब पहिलो चोटी नेपालमै अविस्कार गरेको म्यानुअल चैन लुब्रिकेटर बजारमा आएको छ ।
यो बाईक राईडरहरुको लागि निकै खुशिको कुरो हो । अब बाईक राईडरहरुले चाहेको बेला आफ्नो बाईकको चैनमा लुब्रिकेन्ट हालेर माईलेज बढाउन सकिन्छ ।

चैन लुब्रिकेटर नेपालमा मात्र होईन संसारमै कहि अविस्कार नभएको दाबी अविस्कारक मदन खडगी र केजन सिंहको छ । चैन स्पोकेट सुरक्षित तथा सफा राख्ने हामीले बनाएको यो मोडेल अब बिभिन्न कम्पनीहरुले बेच्नको लागि हामी संग प्रस्ताव पेश गरेको छ ।

यो चैन लुब्रिकेटर सबै कम्पनीको बाईकमा सजिलै फिट हुने, बाईकको माईलेज बढाउने र चैन स्पोकेट सम्बन्धि आउने सबै समस्याबाट ढुक्क हुने खडगी बताउँछन् । यो बाईमै फिट भएका कारण चैन स्पोकेट सफा गर्न निकै सहज र सरल रहेको छ ।

चैन सुख्खा तथा फोहर हुँदा सर्भिस सेन्टरमा जानु पर्ने, डढेको कालो मोबिल हाल्दा चैन र स्पोकेटको कारणले बाईक स्मूथली नगुड्ने जस्ता बाईक राईडरहरुको गुनासोलाई मध्यनजर गरी यो चैन लुब्रिकेटर बानाएको सिंहले बताए ।

दुबै युवा अविस्कारक मिलेर दुई बर्षको अथक प्रयासले यो चैन लुब्रिकेटर बनाएको हो । बजारमा यस्को मुल्य ३ देखि ४ हजार रुपैयाँ सम्म पर्ने र छ महिनाको वारेन्टि रहने खडगी बताए । नेपाल सरकार यसको मान्यता २०७५ चैत २५ गते दिएको हो ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *