TodayPati

बर्दिबासमा बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू

टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।

आन्दोलन चर्किदै गएपछि महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिए ।

बालिका बलात्कार पश्चात हत्या र त्यस विरुद्ध प्रदर्शनमा उत्रेका एकजना स्थानीयको प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि तनाब बढ्दै जाँदा स्थानीय प्रशासनले कर्फ्यू लगाए छन् ।

Sponsored

बर्दिबासमा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चौक सम्म निषेधाज्ञा लागएको हो । निषेधाज्ञा अबधिभर र उक्त क्षेत्र मा ५ जना भन्दा बढी भेला जम्मा हुन नपाउने,अनाबस्यक भेला हुन पाउने छैन । निषेधाज्ञा अबधिमा राजमार्ग भने सुचारू रहने प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ (संशोधन सहि) को दफा ६ को उपदफा ३ बमोजिम कर्फ्यू जारी गरेको हो । निषेधाज्ञाका अबज्ञा गर्नेलाई कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

आइतबार साँझादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ का सहिद आलमका ६ वर्षीया छोरीको बलात्कार पश्चात हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा फेला परेको थियो । त्यस घटना विरुद्ध मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले बर्दिबास चोकमा गोली प्रहार गर्दा बर्दिबास नगरपालिका १ का संजय न्यौपानेको मृत्यु भएको छ ।

Sponsored

यी दुई घटना पश्चात बर्दिबासका स्थानीय बजार र राजमार्ग बन्द गराउँदै आन्दोलनमा उत्रेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *