TodayPati

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेर मृत्यु भएका न्यौपानेलाई सहिद घोषणा गर्न माग

टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।

महोत्तरीको बर्दिवासमा ६ वर्षीय बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेलाई सहिद घोषणा गर्नुपर्नेमा माग गरिएको छ । आज बिहान बर्दिबासमा बसेको सर्वपक्षीय बैठकले यस्तो माग गरेको हो ।

बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ती दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग अघि सारेको हो । यस्तै माग पूरा गर्न सरसकारसँग वार्ता गर्ने वार्ता टोलीसमेत गठन भएको छ । कांग्रेसका नेता चिरञ्जिवी हमालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको हो ।

Sponsored

अबको कदमको बारेमा निर्णय लिन सो समितिको बैठक बसिरहेको समितका सदस्य हिरा गौतमले जानकारी दिए ।

उपचारको क्रममा काठमाडौंमा मृत्यु भएका न्यौपानेको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारजनले जनाए । आईतबारबाट हराएकी महोत्तरीको बर्दिबास– १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय गुलाब साह खातुनको शव सोमबार मध्यराती भेटिएको थियो । बालिका हत्याको आरोपमा गौशाला–५ का अरुण साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

घटनाको विरुद्धमा स्थानीयहरु आन्दोलित भएका थिए । भीड तितरवितर पार्न प्रहरीले चलाएको गोली ‘उछिटिएर’ लागेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको दाबी छ ।

Sponsored

बर्दिवासमा भोलि विहान ६ बजेसम्म निषेधाज्ञा जारी

आन्दोलन चर्किदै गएपछि महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिए ।

बालिका बलात्कार पश्चात हत्या र त्यस विरुद्ध प्रदर्शनमा उत्रेका एकजना स्थानीयको प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि तनाब बढ्दै जाँदा स्थानीय प्रशासनले कर्फ्यू लगाए छन् ।

बर्दिबासमा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चौक सम्म निषेधाज्ञा लागएको हो । निषेधाज्ञा अबधिभर र उक्त क्षेत्र मा ५ जना भन्दा बढी भेला जम्मा हुन नपाउने,अनाबस्यक भेला हुन पाउने छैन । निषेधाज्ञा अबधिमा राजमार्ग भने सुचारू रहने प्रशासनले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *