ब्रेकिङ्ग राजनीति

जनकपुरमा मन्त्री पण्डित र लोकसेवा अध्यक्ष मैनालीको पुत्ला जलाइयो, जलाउने क्रममा भागदौड

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, जेठ २१ गते ।

युवाहरुले जनकपुरमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुतला जलाएका छन् । लोकसेवा आयोगको विज्ञापन समावेशी सिद्धान्त विपरीत र त्रुटिपूर्ण निकालेको भन्दै जनकपुर एक्सन फोर्स र लाईन्स युथ क्लबका युवाहरुले संयुक्त रुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका हुन् ।

दुवैजनाको राजिनामा माग गर्दै युवाहरुले मंगलबार अपराहन्न जनकपुरको भानुचोकमा सडक जाम गरी नाराबाजी सहति पुत्ला दहन गरेका छन् । उनीहरुले लोकसेवाको विज्ञापन सच्याउन माग समेत गरेका छन् ।

लोकसेवा आयोगको विज्ञापन समावेशी सिद्धान्त अनुसार नसच्याए कडा संघर्ष गर्ने समेत युथ एक्सनका अध्यक्ष प्रशान्त झाले चेतावनी दिनुभएको छ । उनीहरुले केहिबेर भानुचोकमा सडक समेत जाम गरेका थिए । पुत्ला जलाउने क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबिच भागदौड समेत भएको छ ।

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

One Reply to “जनकपुरमा मन्त्री पण्डित र लोकसेवा अध्यक्ष मैनालीको पुत्ला जलाइयो, जलाउने क्रममा भागदौड

Leave a Reply

Your email address will not be published. Required fields are marked *